- विज्ञप्ति
प्रेस स्वतन्त्रता हननका घटनाप्रति समितिको गम्भीर ध्यानाकर्षण

पछिल्लो समयमा प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूमाथि भइरहेका दुर्व्यवहार र धम्कीका घटनाहरूको कडा भर्त्सना गर्दै प्रेस चौतारी नेपाल, बागमती प्रदेश समितिले विज्ञप्ति जारी गरेको छ।
समितिको माग
विज्ञप्तिमार्फत समितिले निम्न माग राखेको छ:
- दोषीलाई कानुन बमोजिम कारबाही
- पत्रकार सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन
- घटनास्थलमा तत्काल अनुसन्धान टोली खटाउने
अपील
समितिले सम्बद्ध निकायलाई पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल पहल गर्न अपील गरेको छ।
ट्यागहरू
- प्रेस स्वतन्त्रता
- विज्ञप्ति
- पत्रकार सुरक्षा
